• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

भारत-पाकिस्तान तनावबारे नेपाली कांग्रेसको भनाइ : आतंकवादविरुद्धको भारतको कारबाही जायज

सत्तारुढ नेपाली कांग्रेसले पहलगाम हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनावबारे औपचारिक छलफल गरेको छ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार, भारतीय पक्षले आतंककारी आधारशिविरमाथि गरेको कारबाहीलाई कांग्रेसले समर्थन गरेको छ।

महतले भने, “आतंकवादविरुद्ध गरिने सबै खालका कारबाहीलाई हामी जायज ठान्छौं। कुनै पनि हालतमा आतंकवादलाई प्रश्रय दिनु हुँदैन भन्ने हाम्रो स्पष्ट धारणा हो।”

पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको भनी चिन्ता व्यक्त गरेको सन्दर्भमा उनले आतंकवादी अखडामाथि कारबाही भएकाले त्यसलाई यथार्थपरक ढंगले बुझिनु पर्ने धारणा राखेका छन्।

कांग्रेसले सधैं आतंकवादको विरोध गर्दै आएको भन्दै उनले भारत–पाकिस्तानबीचको तनाव युद्धमा परिणत नहोस् भन्ने चाहना रहेको पनि व्यक्त गरेका छन् ।

कांग्रेस कसको पक्षमा भन्ने प्रश्नमा उनले भनेका छौं, “हामी सिधा कसैको पक्षमा होइनौँ, तर आतंकवादी गतिविधिको विपक्षमा भने दृढतापूर्वक उभिन्छौं।”