भारत-पाकिस्तान तनाव बीच आईपीएलका बाँकी सबै खेल स्थगित

भारत र पाकिस्तान बीचको तनावको कारण इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को जारी सिजन स्थगित गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बैठकले यस्तो निर्णय लिएको हो ।

बीसीसीआईले तत्कालका लागि विदेशी खेलाडीलाई घर फर्काउने विषयलाई प्राथमिकता दिइएको र प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ ।

८ मेसम्म आईपीएलका ५८ खेलहरू भएका थिए । बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द भएको थियो ।

धर्मशालामा भइरहेको खेलका बीच पाकिस्तानले भारतमा आक्रमण गरेपछि खेल रद्द भएको थियो ।
अब समुह चरणका १२ र प्लेअफका ४ खेल गरि कुल १६ खेल बाकीँ रहेका थिए । मे-२५ मा फाइनल तय भएको थियो तर भारत- पाकिस्तान युद्द पेचिलो बन्दै गएपछी बिसिसिआईले हालका लागी प्रतियोगिता सार्ने निधो गरेको छ ।

अर्को तर्फ पाकिस्तानमा पनि अहिले पाकिस्तान सुपर लिग हुदैँछ , जुन प्रतियोगिता पनि अब दुबईमा हुने भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१