भारतीय राजदूतले प्रधानमन्त्रीसँग भेटेर भने– ‘आतंकवादविरुद्धको कारवाहीमा समर्थनका लागि धन्यवाद’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत र पाकिस्तान बीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन्।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई उक्त आक्रमणपछि भारतको जवाफी कारवाहीको बारेमा स्पष्ट पार्दै जेट हमलाको प्रचार असत्य भएको बताए। उनले नेपाल सरकारको बिहीबार सार्वजनिक वक्तव्यप्रति धन्यवादसमेत दिएका छन्।

भेटको क्रममा, प्रधानमन्त्री ओलीले नेपाल सधैं विश्व शान्तिका पक्षमा रहेको र सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान लिएको उल्लेख गर्दै उक्त आतंकवादी हमलाको कडा भर्त्सना गरेका छन्। साथै, उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न अनुमति नदिने स्पष्ट पारेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१