भारतीय विदेश सचिवको वक्तव्य: सैन्य अप्रेसनको विवरण दिन नमिल्ने

भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तान अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघबाट समेत प्रतिबन्धित सबै आतंककारीहरुको घर भएको भन्दै इस्लामावादले भनेजस्तो संयुक्त अनुसन्धान समिति तत्काल सम्भव नरहेको प्रष्ट पारेका छन् ।

विदेश मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा विदेश सचिव मिश्रीले अहिलेसम्मका अनुभव सकारात्मक नरहेको भन्दै अहिले पनि पाकिस्तानले मागेको अन्तर्राष्ट्रिय समुदायसहितको संयुक्त अनुसन्धान आतंककारीको बचाउ गर्ने रणनीतिमात्र हुन सक्ने बताए ।

पाकिस्तानले भारतले दावी गरेजस्तो आतंकवादीहरुको ठेगाना पाकिस्तानमा नरहेको भन्दै स्वतन्त्र र संयुक्त अनुसन्धानको माग गर्दै आएको छ ।

तर भारतले पाकिस्तानको यो आग्रह आतंकवादीमाथिको आक्रमण र अनुसन्धान रोक्ने रणनीति भएकाले तत्काल सम्भव नरहेको बताएको छ ।

भारतले पाकिस्तानको सेना,सैनिक संरचना र सर्वसाधारणलाई आक्रमण नगरी आतंकवादीहरुको ठेगानामा मात्र पहिचानसहित हमला गरिएको जनाएको छ ।

तर पाकिस्तानले भने जवाफी कारवाहीका नाममा १६ ज ना सर्वसाधारणको हत्या हुनेगरी आक्रमण गरेको विदेश सचिव मिश्रीले बताए । मिश्रीले अप्रेसन सिन्दूरका क्रममा सुरक्षा बलहरुले गरेको अप्रेसनको विवरण भने दिन नमिल्ने बताए ।

उनले पाकिस्तानले आरोप लगाएजस्तो मस्जिदमा हमला नगरिएको तर आतंकवादी ठेगानमा हानिएको बताए । तर पाकिस्तानले शिख समुदायलाई लक्षित गरेर आक्रमण गरेको उनको भनाइ थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१