‘डिम्यान’काे कार्यक्रम प्रधानमन्त्रीद्वारा उद्घाटन : उद्यमशीलता, समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिने

काठमाडौं । ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित डिजिटल मिडिया अलायन्स नेपाल (DMAN) ले गर्न लागेकाे कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएकाे छ ।

‘शंकर ग्रुप’ को प्रस्तुति तथा विभिन्न निजी क्षेत्रका ब्राण्डहरूको सहकार्यमा आयोजना हुने यस कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

सम्मेलनमा तीनवटा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल समावेश गरिएको छ ।

जसमा उद्यमशीलता, ऊर्जा तथा उद्योगको सम्बन्ध र समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिनेछ । कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गर्ने उद्देश्य राखेको छ।

‘उद्यममा नयाँ पुस्ता’ शिर्षककाे पहिलाे सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल हुनेछ। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दिपकराज गिरी, छिरिङ लामासँग सञ्जाेग काेइरालाले छलफल गर्नेछन् ।

यसैगरी, ‘उद्योगमा ऊर्जा: अर्थतन्त्रमा आशा’भन्ने दाेस्राे शत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरिनेछ । यसमा प्यानलिस्टहरू दामाेदर भण्डारी, चन्द्रप्रसाद ढकाल, मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गरेका छन् ।

यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग साेविता गाैतमले छलफल गर्नेछन् ।

कार्यक्रमलाई नेपालमा समावेशी, तथ्यमा आधारित र युवा केन्द्रित आर्थिक बहसको थालनीका रूपमा हेरिएको छ ।कार्यक्रम शंकर ग्रुपको प्रस्तुतिमा टिभीएस मोर्टरस, प्रोटोन इभि,जगदम्बा स्टिल्स सहित सौर्य सिमेन्टसंगको सहकार्यमा हुनेछ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१