• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए। मतदानका क्रममा सत्तापक्षका सांसदहरूले समर्थन जनाएका थिए भने विपक्षी सांसदहरूले विरोधमा मतदान गरेका थिए।

यसअघि नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ र २८ गते प्रतिनिधिसभामा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएका थिए। प्रधानमन्त्रीको जवाफपछि केही सांसदहरूले असन्तुष्टि जनाउँदै पुनः प्रतिक्रिया दिएका थिए।

सोही दिन सांसदहरूले पेस गरेका विभिन्न संशोधन प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिएको थियो। ती संशोधन प्रस्ताव पारित नहुँदै मूल नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाले बहुमतले अनुमोदन गरेको हो।