काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९ औँ बुद्धजयन्तीको अवसरमा शान्ति, करुणा र उज्यालो जीवनका लागि शुभकामना व्यक्त गरेका छन्।
आज सार्वजनिक सन्देशमार्फत प्रधानमन्त्री ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो फैलियोस् भन्ने कामना गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध।”
बुद्धजयन्तीले गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति (बोधि) र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गर्दै प्रधानमन्त्रीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टिकोण सम्यक् होस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो बनोस् भन्ने कामना पनि गरेका छन्।