
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३,७०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन अर्थात् आइतबार यो मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि केही घटेको छ। आइतबार प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको चाँदी सोमबार १० रुपैयाँ घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको छ।