काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा) पक्राउ परेका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार बस्नेतलाई आइतबार काठमाडौंको सुकेधाराबाट पक्राउ गरिएको हो। मोरङको विराटनगर महानगरपालिका–३ स्थायी घर भएका ४७ वर्षीय बस्नेतविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अदालतबाट उनीविरुद्ध दुई दिनको म्याद थप गरिसकिएको छ। प्रहरीले सोही म्याद अवधि भित्र घटनासम्बन्धी थप अनुसन्धान गर्ने जनाएको छ।