• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्री ओलीले अविवाहित महिलासँग आफ्नो तस्बिर जोडेर  बनाएको भिडियोप्रति जनाए आपत्ति

अहिले सामाजिक सञ्जालमा एउटा भिडियो सर्वत्र चर्चित छ ।

भिडियोमा प्रधानमन्त्री ओली जस्तै देखिने पात्र एक महिलाको पछिपछि कुदेर रमाइरहेको देखिन्छ ।

भिडियो एआई निर्मित रहेको छ ।

एक कार्यक्रममा यस बारेमा बोल्दै ओलिले जनावरलाई एआई चलाउन आउने भएको भए पनि यस्तो भिडियो बनाउने थिएन भनेर टिप्पणी गरेका छन् ।
ओलीले एक अविवाहित महिलाको पछि कुदेको भनेर भनेको चाहिँ हाल महानगरकी मेयर सुनिता डङ्गोल हुन् ।
उक्त भिडियोकोको ब्याकराउण्डमा छोरी तिमी भागिभागी नजाऊ भन्ने गीत बजिरहेको पनि सुन्न सकिन्छ । उनले भिडियोको बारेमा कुरा बोल्दै गर्दा कार्यक्रममा उपस्थित भएका सबै गलल हासेका थिए ।
पछिल्लो समय ओलीले सार्वजनिक कार्यक्रममा दिने यस्ता किसिमका अभिव्यक्तिले निकै चर्चा पाउन थालेका छन् ।