• २०८३ असार ८
  • 2026 June 22, Monday

‘कसैले कसैसँग भेटेर तस्बिर खिच्दा गठबन्धनमा कुनै प्रभाव पर्ने छैन्’

काठमाडौँ ।  । गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर चाँडै नियुक्त हुने जानकारी दिएका छन्। उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटमा यस विषयमा कुरा गर्दै भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटेर गभर्नर नियुक्तिमा तपाईँहरूलाई पेल्नु भयो नि!’ मन्त्री लेखकले भने कि यस प्रकारका भेटघाटहरूले गठबन्धनमा कुनै असर पार्ने छैनन्।

उनले थपे, ‘एमाले र काँग्रेस बीचको सहमतिको आधारमा यो गठबन्धन पूर्ण कार्यकाल चल्नेछ।’ लेखकले यो सरकार मुलुकमा व्याप्त निराशालाई चिरेर आशाको किरण दिन भएको बताएका छन्। ‘हाम्रो सरकार आशा दिने उद्देश्यले स्थापित भएको हो, र यसले जनतालाई आशा दिइरहेको छ,’ उनले उल्लेख गरे।

उनले नेपाली जनताले संघीयता, लोकतन्त्र र गणतन्त्र जस्ता उत्कृष्ट व्यवस्थाहरूको स्थापनाका लागि गरेको त्याग र बलिदानको कदर गर्दै भने, ‘यो व्यवस्था परिवर्तन नहुनेछ। धेरै नेपालीको बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र निरंकुशतातिर लैजाने कुनै प्रयास हामी सहन गर्ने छैनौँ। अब देश फेरी निरंकुशतातिर जान चाहिँदैन।’

गृहमन्त्री लेखकले यस सरकारले १० महिनामा गरेका उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांकहरू र अर्थतन्त्र तथा कानुनी क्षेत्रमा भएका प्रगतिहरूलाई मूल्यांकन गर्न आग्रह गरे। केपी ओली नेतृत्वको सरकार भोलि १० महिना पूरा गर्दैछ।