• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

धुलिखेलमा टिपर दुर्घटना, सिधै पस्यो घरभित्र

काठमाडौँ। धुलिखेल नगरपालिका–५ खड्पुचोकमा एक अनियन्त्रित टिपर सिधै घरभित्र पसेको छ।

बनेपा–पनौती सडकखण्डमा पर्ने प्रदीप श्रेष्ठको घरको सटर तोडेर टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

घटना मंगलबार बिहान ६ बजे भएको हो। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर अनियन्त्रित भई घरमा ठोक्किएको बताइएको छ।

प्रहरीले टिपर चालक २४ वर्षीय अविषेक तामाङलाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनामा मानवीय क्षति भएको छैन भने घरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ।