• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रवीन्द्र मिश्रको रिहाइ माग्दै जावलाखेलमा रिले अनशन जारी

काठमाडौँ। राप्रपाका नेता रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै ‘राष्ट्रवादी देशभक्त जनता’ नामक संगठनले जावलाखेलमा पाँचौँ दिन पनि रिले अनशन जारी राखेको छ।

अनशनकारीहरूले चैत्र १५ गते काठमाडौंमा भएको प्रदर्शनको आधारमा नेताहरूविरुद्ध लगाइएका आरोप झुटो भएको दाबी गर्दै, ती मुद्दा खारेज गरी गिरफ्तारीमा परेकाको तत्काल रिहाइ माग गरेका छन्।

रिले अनशनस्थलमा ‘झुटा मुद्दा खारेज गर’, ‘राष्ट्रवादीलाई रिहा गर’, ‘विधिको सुशासन कायम गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरिएको छ। अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेललगायत नेताहरू सहभागी भएका थिए।

पोखरेलले आन्दोलन शान्तिपूर्ण रहेको र गिरफ्तारी अन्यायपूर्ण भएकाले राज्यले छिट्टै रिहा गर्नुपर्ने बताएका छन्। उनका अनुसार आन्दोलन माग पूरा नहुन्जेलसम्म निरन्तर जारी रहनेछ। रवीन्द्र मिश्रसहितका नेताहरू चैत १५ गते राजावादी प्रदर्शनका क्रममा अराजक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए।