• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आज राति प्रधानमन्त्रीको पहलमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्, जुन आज राति ८ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ। सोमबार सार्वजनिक बिदा परेकाले नियमित बैठक सम्पन्न हुन सकेको थिएन।

आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका लागि सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ। यसअघि समितिका सदस्य विश्व पौडेलले राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। राजीनामापछि गभर्नरका लागि पौडेलको नाम प्रमुख दाबेदारका रूपमा अगाडि आएको छ।