• २०८३ असार १३
  • 2026 June 27, Saturday

यौन व्यापार आरोपमा पोखराबाट ३ पक्राउ, रेष्टुरेन्टबाट ५ महिला उद्धार

काठमाडौं । पोखरामा रेष्टुरेन्टको आडमा यौन व्यवसाय सञ्चालन गरिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिर्जना चोकस्थित मनिका रेष्टुरेन्टका सञ्चालक ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ रहेका छन्। सो रेष्टुरेन्टबाट प्रहरीले पाँच जना महिलाको उद्धार समेत गरेको छ।

घटनासम्बन्धमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिइएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए।