• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

यात्रुप्रति भेडाबाख्राझैँ व्यवहार भइरहेको छ : सांसद बस्नेत

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले आन्तरिक उडान सञ्चालन गर्ने निजी हवाई सेवा प्रदायकहरूलाई यात्रुप्रति अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै बस्नेतले आधा घण्टाको उडानका लागि यात्रुलाई चार घण्टासम्म कुराइने गरेको गुनासो गरे।

उनले हवाई सेवा कम्पनीहरूले यात्रुलाई ‘भेडाबाख्राझैँ’ व्यवहार गर्ने गरेको भन्दै आलोचना गरे। बस्नेतले यात्रुको समयप्रति कुनै कदर नभएको र सम्मानजनक सेवा नदिएको उल्लेख गरे।