
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
अर्थ मन्त्रालयका अनुसार, उक्त भेटमा नेपाल सरकार र विश्व बैंकबीच भविष्यमा सम्भावित साझेदारी र सहकार्यका विषयमा छलफल भएको थियो।
बजेट निर्माणको प्रक्रियामा रहेका अर्थमन्त्री पौडेलले यसअघि मंगलबार नेपालमा रहेका विकास साझेदार संस्थाका प्रतिनिधिहरूसँग समेत विचार–विमर्श गरेका थिए।