• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गभर्नर सिफारिस समिति मजाक हो? – सांसद अमरेश सिंह

काठमाडौं। स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अझै नहुनुलाई लिएर सरकारको नियतमाथि प्रश्न उठाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सत्तारूढ दलहरू ‘आफ्ना कार्यकर्तालाई मात्र नियुक्ति दिनुपर्छ’ भन्ने मानसिकताबाट माथि उठ्नुपर्ने बताएका हुन्।

हाल डेपुटी गभर्नरको जिम्मेवारीमा रहेकी नीलम ढुंगानालाई गभर्नर बनाउँदा समस्या के आउँछ? भन्दै उनले सरकारसँग प्रश्नसमेत गरे। उनले महिला भएकै आधारमा उपेक्षा गर्नु अनुचित भएको टिप्पणी गरे।