• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बजेट प्रस्तुत गर्ने दिन फेरिनुपर्छ: सांसद निधि

काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट संसदमा पेस गर्ने मिति परिवर्तन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद निधिले जेठ १५ गते गणतन्त्र दिवस र बजेट प्रस्तुत हुने दिन एकैपटक पर्ने भएकाले दुबैको महत्त्व कम हुने बताए।

“संविधानमा उल्लेख भएकाले सरकारले मिति परिवर्तन गर्न सक्दैन भन्ने लाग्न सक्छ,” निधिले भने, “तर गणतन्त्र दिवस र बजेट दुवैको महत्व घटिरहेको छ, त्यसैले बजेट प्रस्तुत गर्ने दिन फेरिनुपर्छ।”

उनले सभामुख देवराज घिमिरेसँग संसद्को कार्यसूची तय गर्ने अधिकार प्रयोग गर्दै बजेटको मिति पुनर्विचार गर्न आग्रहसमेत गरे।