• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। कांग्रेस नेता र पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनको संलग्नता पुष्टि गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारको भनाइ अनुसार, बस्नेतसहित १५ अन्य व्यक्तिहरू र कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गरिएको छ।