• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मोहन बस्नेत प्रतिनिधिसभाबाट निलम्बित

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बित भएका हुन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार मुद्दा दायर भएसँगै सम्बन्धित पदाधिकारी स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए।