• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहण गर्दै

नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमले विभागबाट कांग्रेस महामन्त्री शर्माले सगरमाथा आरोहण अनुमति प्राप्त गरेको जानकारी दिएका छन् ।

महामन्त्री शर्मा स्वयंले सामाजिक सञ्जालबाट आफू सगरमाथा आधार शिविर पुगेको जानकारी दिएका छन् । अहिले आरोहीहरू धमाधम सगरमाथा चुचुरो पुगिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए ।