
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रुपैयाँमा पुगेको छ।
गत बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको थियो।यसैगरी, चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २० रुपैयाँले बढेर तोलामा १ हजार ९४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।