• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सरकार सचेत नभए जनता बत्ती निभाइदिन्छन् : सांसद शाह

काठमाडौं । प्रतिनिधिसभा सदस्य अशिम शाहले मुलुकभर बढ्दो लोडसेडिङप्रति गम्भीर असन्तोष व्यक्त गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले लोडसेडिङका कारण जनजीवन प्रभावित भइरहेको भन्दै सरकारको उदासीनता जनताका लागि पीडादायी बनिरहेको टिप्पणी गरे।

“यदि यो बिजुलीको लुकामारी यस्तै चलिरह्यो भने, जनताले सरकारकै बत्ती निभाइदिने दिन पनि धेरै टाढा छैन,” उनले स्पष्ट रूपमा चेतावनी दिए। उनले लोडसेडिङका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै सरकारसँग तत्काल समाधानको माग राखे।

“जनताले सरकारलाई अन्धकारमा झलझली याद गरिरहेका छन्,” उनले भने, “सरकारको निष्क्रियता अस्वीकार्य छ। यो समस्या तुरुन्त सम्बोधन हुनुपर्छ।”