• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

दोस्रो चरणको जागरण अभियान माओवादीले बैतडीको पाटनबाट थाले

काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको जागरण अभियान सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु गरेको छ।

बैतडीको पाटन नगरपालिकाले निर्माण गरेको स्मारकको उद्घाटनसँगै अभियानको औपचारिक सुरुवात गरिएको हो। उद्घाटन कार्यक्रमको अवसरमा आयोजित सभालाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

माओवादी केन्द्रद्वारा सञ्चालन गरिएको यो अभियान आगामी जेठ १० गतेसम्म सञ्चालन हुनेछ भने समापन कार्यक्रम पोखरामा हुने बताइएको छ।