हङकङको खेल रद्द, नेपाल सुपर–३ मा प्रवेश

काठमाडौं । नेपालले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर–३ चरणमा स्थान सुरक्षित गरेको छ।

थाइल्यान्डमा जारी प्रतियोगितामा बिहीबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल नेट रनरेटका आधारमा शीर्ष तीनमा पर्न सफल भयो।

नेपालले समूह चरणमा ४ खेल खेल्दै २ जित, १ हार र १ खेल रद्दसहित ५ अंक जोडेको थियो। हङकङले पनि समान ५ अंक हासिल गरे तापनि नेपालको नेट रनरेट उत्कृष्ट रहँदा सुपर–३ मा प्रबेश पक्का भयो।

आजको खेल टससमेत हुन नपाई रद्द भएपछि समूहको समीकरण नेपालका पक्षमा गएको हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१