• २०८३ साउन ७
  • 2026 July 23, Thursday

कैलालीमा हावाहुरीले ढलेको रूखले च्यापिँदा पूर्व क्याम्पस प्रमुखको मृत्यु

काठमाडौँ । कैलालीको सुक्खडमा शुक्रबार बिहान हावाहुरीले ढलेको रूखले च्यापिँदा राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीका अनुसार बिहान करिब ९ बजे हावाहुरीका कारण घर नजिकै रहेको सालको रूख ढलेर भण्डारीलाई च्यापेको थियो। टाउकोमा गहिरो चोट लागेका उनी गम्भीर घाइते भएका थिए।

घाइते अवस्थामै उनलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल सुक्खड लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो।

अवस्थीका अनुसार उपचारका क्रममा दिउँसो १२:४० बजे भण्डारीको मृत्यु भएको हो।