• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ।

गत वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेका हुन्।

आजको बैठकमा प्रदेश प्रमुखद्वारा अधिवेशन आव्हान गरिएको सूचना पढेर सुनाइनेछ। साथै, केही प्रदेश ऐन संशोधन गर्न तयार गरिएको अध्यादेश २०८२ टेबुल गरिनेछ। साथै, प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका तर्फबाट धारणा प्रस्तुत गरिने कार्यक्रम रहेको छ।यहीबीच, कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम आगामी जेठ ५ गते सोमबार प्रदेशसभामा पेश गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गरिसकेको छ र प्रदेशसभामा पेस गर्न आवश्यक व्यवस्था मिलाइदिन आग्रह समेत गरिएको छ।