• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै केसीलाई थुनियो : सांसद शाही

 काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै पार्टी निकट प्रजातान्त्रिक युवक सङ्गठनका अध्यक्ष सुजित केसीलाई सरकारले जेलमा राखेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद शाहीले केसीलाई थुनामा राखिएको कार्य संविधानको धारा २७० को उल्लंघन भएको दाबी गरे। उनले संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्रीलाई ठूलो ठानिएको हो कि भनेर प्रश्नसमेत उठाए।

उनले भने, “नेपालको संविधानभन्दा प्रधानमन्त्री र गृहमन्त्री ठूलो हुन् त? होइन भने किन संविधानको धारा २७० विपरीत कदम चालिरहनुभएको छ?” शाहीले संविधानअनुसार शासन सञ्चालन गर्न सरकारलाई आग्रह गर्दै, यदि संविधानका प्रावधानअनुसार काम गर्न गाह्रो भएको हो भने त्यसलाई संसदीय प्रक्रिया मार्फत परिवर्तन गर्न सुझाव दिए।