• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्नुहुन्छ : राप्रपा सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले मन्त्रीहरूले संसद बैठकमा भिडिओ गेम खेल्ने र निरर्थक कुरामा व्यस्त रहने आरोप लगाएकी छन्।

प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले संसदलाई ढाँट्ने थलोको रूपमा चित्रित गरे। उनले भनिन्, “मन्त्रीहरू यहाँ आएर भिडिओ गेम खेल्छन्, कुराकानी गर्छन्, उठेर हिँड्छन्।” उनले संसदमा जनताको मुद्धा राखिने तर सुनिने छैन भनेको आरोप पनि लगाइन्।

कार्कीले सरकारले जनतालाई सांसदमार्फत ढाँट्ने काम गरिरहेको बताइन्। उनले संसदमा बोलेका कुराहरू नसुन्ने र मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति कार्यक्रम ल्याउने नाटक गरिएको भनाइ राखिन्।

“संसद ढाँट्ने थलो जस्तो बनेको छ, यहाँ आत्मसम्मानको कुनै मूल्य छैन। यहाँ बोलेका कुरा सुनिँदैन, कुर्सीहरू खाली हुने गर्छन्,” उनले भनिन्, “सरकार जनतालाई सदैव सांसदहरूको माध्यमबाट ढाँट्दै आएको छ। “यसैबीच, उनले सामाजिक सञ्जालमा लेखेकै आधारमा थुन्नु गणतन्त्र हो? भनेर प्रश्न पनि उठाइन्।