• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अमेरिकामा भैरहेको नेपथ्य कन्सर्टमा ‘केपी ओली मुर्दावाद’को लाग्यो नारा

अमेरिकास्थित अस्टिनमा नेपथ्यले आयोजना गरेको सांगितिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लागेको छ । नेपथ्यको ‘सांगितिक टुर’ आज अस्टिनमा पुगेको छ । सो कार्यक्रममै दर्शकहरूले ओलीविरुद्ध नारा लगाएका हुन् । उनीहरूले ‘केपी ओली मुर्दावाद, केपी चोर, देश छोड’ लगायतका नारा लगाएका थिए ।
नेपथ्यको कन्सर्टमा ‘केपी ओली मुर्दावाद’को नाराबाजी,हुन थालेपछी माहोल केहिबेर तनाबपूर्ण बनेको थियो ।
सबैले रुचाएको ब्याण् नेपथ्यको सांगितिक कार्यक्रममा अप्रत्याशित रूपमा ओलि विरुद्द नारावाजी चलेपछी केहिबेर कार्यक्रम केहिबेर रोकिएको थियो ।

अस्टिनमा रहेको नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा राजनीतिक नाराले सांगीतिक माहोलमा असर पारेको छ । नेपालमा हुने कार्यक्रममा त ओलि विरुद्द नारा लागेको हुन्थ्यो अब भने यसले विदेशमा समेत निरन्तरता पाएको छ ।

नेपथ्यको टुर मूलतः सांगीतिक उद्देश्यका लागि भए पनि दर्शकहरूको यस्तो प्रतिक्रियाले ओलीप्रति विदेशमा रहेका नेपालिको असन्तुष्टिलाई प्रष्ट रुपमा उजागर गरेको छ ।

उता आयोजकले भने कार्यक्रम सामान्य रूपमा सम्पन्न भएको बताएका छन्।कार्यक्रम पश्चात नेपथ्यले, एक विज्ञप्ति जारी गर्दै आफूहरू दर्शकको यस किसिमको क्रियाकलापले चकित भएको तथा आफुहरू संगीतकर्मी भएको र राजनीतिक एजेन्ट नभएको कुरा स्पष्ट पारेका छन् ।