• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा १५% सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र बूढानीलकण्ठस्थित होलिडे इन् रिसोर्टबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले रिसोर्टमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेर भुक्तानी गर्दा फुड तथा सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकका अनुसार यो सहकार्यले ग्राहकहरूलाई अतिरिक्त सुविधा दिने मात्र होइन, नगद कारोबार घटाएर डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उद्देश्य पनि राखिएको छ।