• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माओवादीको चेतावनी: दुई दलीय प्रणालीतर्फ देश लैजान दिइँदैन

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले देशमा दुई दलीय प्रणाली स्थापना गर्न खोजिएको भन्दै त्यसलाई सफल हुन नदिने स्पष्ट पारेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै माओवादी सांसद दुर्गा राईले नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता बाँडफाँटको माध्यमबाट मुलुकलाई दुई दलको नियन्त्रणमा लैजान खोजिरहेको आरोप लगाइन्। उनले माओवादी केन्द्रले यस्तो प्रयासलाई रोक्ने बताइन्।

“सत्तारुढ दलहरू मुलुकलाई दुई दलबीच सीमित गर्न चाहन्छन्, तर हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)ले त्यो हुन दिने छैन,” सांसद राईले भनिन्, “उहाँहरूले सत्ता गठबन्धन २०८४ सालसम्म टिकाउने भन्दै सार्वजनिक रूपमा घोषणा गरिरहनुभएको छ। त्यो गठबन्धन जाओस्, हामी शुभकामना दिन्छौं, तर देश दुई दलीय संरचनामा जान सक्दैन।”