• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सांसद सापकोटाद्वारा गुठी समस्या समाधानका लागि सरकारलाई विधेयक ल्याउन माग

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले देशभर गुठीसम्बन्धी समस्याले लाखौं नागरिक प्रभावित भएको भन्दै गम्भीर अध्ययनसहित समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले गुठीका कारण सिर्जिएका समस्याहरू दीर्घकालीन समाधानका लागि ‘गुठी विधेयक’ ल्याउनुपर्ने आवश्यकता औंल्याए।

“गुठीको पीडा भोगिरहेका नागरिकलाई यसको वास्तविकता राम्ररी थाहा छ,” उनले भने, “देशभर यस्ता समस्या व्यापक छन्, त्यसैले गम्भीर अध्ययन गरी विधेयक ल्याइनुपर्छ।”

सिन्धुपाल्चोक क्षेत्रका थुप्रै स्थानमा गुठीसम्बन्धी विवाद रहेको उल्लेख गर्दै उनले मेलम्ची, लिशंखु, बलेफी, त्रिपुरासुन्दरी, बाह्रबीसे, जुगल, सुनकोशी लगायतका ठाउँमा गुठीसम्बन्धी समस्या रहेको बताए।

उनका अनुसार सिन्धुपाल्चोकमा मात्रै १४६ वटा गुठी दर्ता भएका छन्, जसले स्थानीयवासीमा अन्योल र अप्ठ्यारो निम्त्याएको छ।