• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रवि लामिछाने र छविको रिटमा फेरि सुनुवाइ स्थगित, ‘हेर्न नमिल्ने’ सूचीमा पर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुन सकेन। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको उक्त रिट फेरि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।

यसअघि पाँचपटक सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा परिसकेको थियो। एक महिनाअघि दायर गरिएको उक्त रिटमा अहिलेसम्म केवल एकपटक मात्र सुनुवाइ भएको छ।

अदालत स्रोतका अनुसार लामिछाने पक्षबाट बहस गर्न आएका कानुन व्यवसायीमध्ये कोही न्यायाधीशसँग नातेदार रहेकाले सुनुवाइ अगाडि नबढाइने निर्णय गरिएको हो। यसले रिटको प्रक्रिया अझ ढिलो हुने देखिएको छ।