काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रको खरिद प्रक्रियामा गैरकानुनी लाभ पुर्याएको र राज्यलाई हानि पुर्याएको अभियोगमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
मुद्दामा तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित अन्य तीन कर्मचारी पनि संलग्न रहेको आयोगले जनाएको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा भ्रष्टाचारको प्रष्ट प्रमाण भेटिएपछि कानुनी कारबाही अघि बढाइएको हो।