सर्वोच्च अदालतले राप्रपा नेतृ खुश्बु ओलीविरुद्ध चेक बाउन्स (अनादर) सम्बन्धी उच्च अदालत पाटनको दोषसिद्ध फैसला उल्टाएको छ।
न्यायाधीश डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उच्च अदालतको निर्णय बदर गर्दै ओलीलाई उक्त आरोपबाट मुक्त गरिदिएको हो। यससँगै उनी चेक अनादरको आरोपबाट पूर्ण रूपमा सफा भएकी छन्।
यसअघि उच्च अदालत पाटनले उनलाई चेक अनादरको आरोपमा ३ महिनाको जेल सजाय र ३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। तर मुद्दा दायर गर्ने व्यक्तिले नै अदालतमा आफूले चेकको रकम प्राप्त गरिसकेको स्वीकार गरेपछि सर्वोच्चले दोषको पुष्टि नहुने भन्दै फैसला उल्टाएको हो।