सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँ थियो, जुन मंगलबार पनि यथावत् रहेको छ।

तर, चाँदीको मूल्यमा सामान्य घटबढ देखिएको छ। सोमबार प्रति तोला १ हजार ९४५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार घटेर १ हजार ९४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१