• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण आजका लागि तय गरिएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ।

सभामुखको सचिवालयले जानकारी दिँदै भनेको छ, ‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन नसक्ने सूचना प्राप्त भएकाले सभामुखले उक्त कार्यक्रम कार्यसूचीबाट हटाउनु भएको छ। अन्य कार्यसूचीहरू भने यथावत् रहनेछन्।’

प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजे बस्नेछ।