• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौँ । प्रतिनिधि सभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको हो । समिति सभापति पूर्वाधार दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस गरे ।

प्रतिनिधि सभाको नियमावली २०७९ को नियम १७८ को उपनियम ११ बमोजिम सभामा पेस गरिएको बताए ।