• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

अपडेट : कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं ।कास्की जिल्लाको सिनुवा आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

यस भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वत लगायतका आसपासका जिल्लामा पनि महसुस गरिएको केन्द्रले जनाएको छ।यसअघि, वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो।