• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रवि लामिछानेको मुद्दाको सुनवाइ आज पनि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनवाइ नहुने भएको छ ।

नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।

स्रोतका अनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको सुनवाइ गर्न नसक्ने भएका छन् ।