• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशसमक्ष शपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार पदको शपथ ग्रहण गरेका छन्।

उनी सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएका हुन्। शपथपछि डा. पौडेल राष्ट्र बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गर्न बैंक जाँदै गरेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए।

सरकारले मंगलबार डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। संविधानअनुसार मन्त्रिपरिषद्‍बाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।