• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बजेट आउनै लाग्दा अर्थ मन्त्रालयले गर्‍यो सुरक्षा कडाइ

  • २०८२ जेठ ९, शुक्रबार १४:०६

काठमाडौं।  आगामी आर्थिक वर्षको बजेट निर्माण तयारीलाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ।

अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार, बजेट तयारी व्यवस्थित र योजनाबद्ध बनाउन प्रवेश व्यवस्थामा कडाइ गरिएको हो। “बजेट निर्माणसम्बन्धी परामर्श तथा छलफलको प्रक्रिया सकिएको छ, अहिले तयारीका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्,” उनले बताए।

आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणसम्बन्धी सुझाव तथा छलफलका लागि मन्त्रालयले वैशाख महिनाभरि सबै सरोकारवालालाई खुला पहुँचको व्यवस्था गरेको थियो।

अब भने बजेट अन्तिम चरणमा पुगेकाले मन्त्रालयभित्र अनावश्यक आवागमन नियन्त्रण गरिएको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

  • २०८२ जेठ ९, शुक्रबार १४:०६