• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजावादी प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ : प्रहरी

  • २०८२ जेठ ९, शुक्रबार १४:५८

काठमाडौं।  आगामी जेठ १५ गते हुने राजावादी समूहको प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा योजना तयार पारेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका प्रहरी प्रमुख एसएसपी शेखर खनालले प्रदर्शनमा शान्ति र सुरक्षा कायम राख्न पर्याप्त तयारी गरिएको जानकारी दिए।

“जेठ १५ गते राजावादीहरूद्वारा घोषणा गरिएको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिनेछ,” खनालले भने, “प्रदर्शनका क्रममा कुनै पनि किसिमको जनधनको क्षति हुन नदिन आवश्यक जनशक्ति परिचालन गरिनेछ।”

राजावादी समूहले राजसंस्थाको पुनर्स्थापनाका मागसहित राजधानीमा आन्दोलन गर्ने घोषणा गरेका छन्। यसअघि, गत चैत १५ गते तीनकुनेमा गरिएको यस्तै प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।

  • २०८२ जेठ ९, शुक्रबार १४:५८