
काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा तीव्र वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको तुलनामा तोलामा १४०० रुपैयाँले बढी हो।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ थियो। यता, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ रहेको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।