काठमाडौं। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा सफल आरोहण गर्दै आफ्नै कीर्तिमान तोडेका छन्।
सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४:०० बजे सगरमाथाको शिखरमा पुगेर नयाँ कीर्तिमान कायम गरेका हुन्। यसअघि उनले २९ र ३० औँ पटक सगरमाथा चढेर विश्व रेकर्ड बनाएका थिए।
पर्यटन विभागका अनुसार आजदेखि यो सिजनको सगरमाथा आरोहण समापन हुँदैछ। यस सिजनमा ४६ आरोही समूहका ४५८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए। विभागका अनुसार करिब ५०० जनाले यसपटक सगरमाथा आरोहण गरेका छन्।
