• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कमल थापा भन्छन्: राष्ट्रिय सहमति बने हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति कायम भएमा हृदयेन्द्र शाहलाई नयाँ राजा बनाउने सम्भावना रहेको बताएका छन्। १५ जेठमा घोषणा गरिएको आन्दोलनसम्बन्धी सम्पादकहरूसँगको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।

थापाले भने, “यदि सबै दलहरूको राष्ट्रिय सहमति भयो भने हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ, अहिले उहाँ २०/२१ वर्षका भइसक्नुभएको छ।”

साथै, उनले वृद्ध राजा आवश्यक परेमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि विकल्पका रूपमा तयार हुनुपर्ने बताएका छन्। “यदि वृद्ध राजा चाहिन्छ भन्ने धारणा छ भने ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ, यसबारे सहमति खोजिनुपर्छ,” थापाले स्पष्ट पारे।

उनले दलहरू राजसंस्थावादी धारणा र सोचलाई कमजोर पार्न लागि परेको आरोप लगाउँदै, त्यसविरुद्ध जनचेतना जगाउने अहिलेको प्रयासलाई महत्वपूर्ण बताए।