• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

गृहमन्त्री लेखकलाई साथ लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि पुगेका छन्। संसदमा प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा नभएसम्म सदन नचल्ने अडान लिइरहेका बेला उनीहरू बीच भेटघाट भएको हो।

भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकको संलग्नता रहेको आरोप लगाउँदै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गरिरहेका छन्। बजेट सत्र नजिकिँदै गर्दा संसद अवरोधले सरकारलाई बजेट प्रस्तुतिमा समस्या हुने देखिएपछि सत्तारूढ दलका शीर्ष नेताहरू समाधान खोज्न छलफलमा जुटेका छन्।