अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विश्वभर रहेका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसासम्बन्धी आवेदन र अन्तर्वार्ता स्थगन गर्न निर्देशन दिएको छ।
विदेशमन्त्री मार्को रुबिओले अर्को सूचना नआएसम्म विद्यार्थी भिसा जारी नगर्न मेमो पठाएका छन्।
अमेरिकी समाचार संस्था सीबीएस न्युजका अनुसार अब अमेरिका विद्यार्थी भिसाका आवेदकहरूको सामाजिक सञ्जालको गहिरो अध्ययन गर्ने प्रक्रियामा जुट्न लागेको छ।
हार्वर्ड विश्वविद्यालयमा सरकारी अनुदान रोकिनु र विदेशी विद्यार्थीलाई हटाउने निर्णयपछि अमेरिका विश्वभरिका विद्यार्थी भिसा नीतिहरूको पुनरावलोकन गर्न लागेको हो।
अमेरिकी विदेशमन्त्रीको यो निर्णयसंगै स्टुडेन्ट भिसामा अमेरिका जान लागेका लाखौं नागरिक अन्योलमा परेका छन् ।